• २०८१ जेठ ४ शुक्रबार

बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर रेमिटेन्स भित्रियो

kharibot

ढाका । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर बिप्रेषण (रेमिटेन्स) पठाएका छन् । 

चालु बर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने बिप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलबार बताएका छन् । उनका अनुसार डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर बिप्रेषण रेकर्ड भएको छ ।  जुन अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षमा एक सयभन्दा बढी देशहरूबाट करिव एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर बिप्रेषण पठाएका थिए । 

बङ्गलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विपे्रषण खाडी देशबाट आउने गर्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै