• २०८१ बैशाख ३० आइतबार

प्रधानमन्त्री कप महिला टी- २० को उपाधिका लागि एपीएफ र कोशीको भिडन्त

kharibot

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा आज विभागीय टिम एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन् । यो खेल आज टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा एपीएफ अपराजित हुदै फाइनलसम्म पुगेको छ । लिग चरणमा सबै खेल जितेर शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

अब यस प्रतियोगितामा एपीएफ र कोशीबीच तेस्रो पटक भिडन्त हुदै छ । यस अघिका दुवै भिडन्त एपीएफले जितेको थियो । लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै