• २०८१ बैशाख १५ शनिबार

मृत भेटिएको हात्तीलाई गोली हानिएको पुष्टि

kharibot

तस्बीर: रासस

विराटनगर । मोरङमा जंगली हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । जिल्ला वन कार्यालयका अनुसार अन्दाजी १२ देखि १५ वर्ष उमेरको जस्तो देखिने भाले हात्ती सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान मृत फेला परेको थियो । 

हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोली लागेको पाइएको बन कार्यालयले जानकारी दिएको छ ।  पशु चिकित्सकको टोलीले सोमबार नै गरेको पोस्टमार्टमबाट गोलि लागेको पुष्टि भएको हो । गोली हानेर मारिएको हात्तीको पुच्छर गायब पारिएको बताइएको छ । 

पोस्टमार्टमपछि हात्तीको दाहसंस्कार गरिएको छ । 

मोरङ प्रहरीले हात्ती मार्नेको पहिचान भइनसकेको र घटनामा संलग्नको खोजीका लागि वन कार्यालयसँग समन्वय भइरहेको बताएको छ । 

भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले पछिल्ला बर्षहरुमा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ठुलो ज्युधनको नोक्सानी गरिरहेका छन्। हात्तीको आक्रमणबाट गत साउन यता मात्र झापामा ५, मोरङ र सुनसरीमा एक एक गरि ७ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै