• २०८१ बैशाख ३० आइतबार

कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा

kharibot

काठमाडौँ । कोशी प्रदेश जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सोमबार सम्पन्न दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर ८८ रन मात्र बनाएको थियो ।

अब कोशी प्रदेशले बुधबार फाइनलमा एपीएफको सामना गर्ने छ । एपीएफले यस अघि पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई नै पराजित गरेर फाइनलमा पुगेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै