• २०८१ बैशाख २४ सोमबार

मन्त्री आएपछि प्रदर्शनकारी उग्र भए- महानिरीक्षक कुँवर

kharibot

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो नगएको भए सो घटना नहुने बताएका छन् ।

सोमबार संसदको राज्य व्यवस्था समितिमा बालकुमारी घटना बारे  जानकारी दिदै महानिरीक्षक कुँवरले मन्त्रीले विरोध प्रदर्शन जारी रहेको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र गत शुक्रबारको घटना घटेको बताएका हुन् ।

बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने उनले बताए ।

समितिको बैठकमा उनले बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने एकिन नभएको बताए । घटनाक्रमको विश्लेषण गर्दा मन्त्री ज्वाला नपुग्दै गोली चलिसकेको र प्रहरीले गोलि हानेका कारण प्रदर्शनकारी उग्र भएको विश्लेषण भइरहको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै