• २०८१ बैशाख २१ शुक्रबार

२३औँ आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

kharibot

पोखरा । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन हुनेछ ।

यसपटक विदेशी टोलीहरू, ‘ए’ डिभिजनका क्लबहरू, मोफसलका टोलीहरू र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ ।

गत संस्करणको विजेता सङ्कटा क्लब काठमाडौँ तथा उपविजेता भुटनिज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका रहेका थिए । विसं २०५५ मा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीका रूपमा लिने गरिन्छ । आहा रारा गोल्डकप देशकै पुरानो मध्येको एक प्रतियोगिता हो । प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले गर्दै आएको छ । 

यसैगरी, उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ । ‘म्यान अफ दी म्याच’, ट्रफी, नगद र मेडल, सहारा युकेले सहयोग गर्ने महासचिव अधिकारीले बताए । प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै