• २०८१ बैशाख २३ आइतबार

पहिलो महिनाको बैदेशिक व्यापार : असन्तुलन कायमै, यस्तो छ आयात निर्यातको अवस्था  

kharibot

भन्सार बिभाग, फाइल तस्विर

काठमाडौँ । नेपालको बैदेशिक व्यापारमा लामो समयदेखि असन्तुलन कायम रहँदै आएका बेला चालू आर्थिक वर्ष २०७४-०७५ को पहिलो महिनामै यसको अवस्था झनै उच्च देखिएको छ ।

खुला अर्थव्यवस्था अनुसरण गर्दै आएको नेपालको उपस्थिती साउन महिनामा कुल बैदेशिक व्यापारमा निकै कम हिस्सा देखिएको छ । 

चालू आर्थिक वर्षको पहिलो साउन महिनामा कुल बैदेशिक व्यापार ९३ अर्ब ४१ करोड २६ लाख ८१ हजार हुँदा नेपालको निर्यातको अवस्था साढे छ अर्बमा सिमित भएको छ । नेपालले एक महिनामा छिमेकी मुलुक भारत, चिनलगायतका देशहरुबाट गरी ८६ अर्ब ७० करोड ४८ लाख ८६ हजार रुपैयाँका बस्तुहरु आयात गरेको छ, भने यस अवधिमा नेपालबाट जम्मा छ अर्ब ७० करोड ७७ लाख ९५ हजारको बस्तुहरु निर्यात गरेको छ ।

यस्तै साउन महिनामा मात्रै नेपालले बैदेशिक व्यापारमा ७९ अर्ब ९९ करोड ७० लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको छ । यो अवस्था गत वर्ष २०७३-०७४ कोमा भन्दा बढि हो । भन्सार विभागको चालू आवको एक महिनाको तथ्यांकअनुसार उक्त अवस्था देखिएको हो । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालको आयात, निर्यात र व्यापार घाटा क्रमश: ७० अर्ब १६ करोड ५७ लाख ५१ हजार, छ अर्ब ९५ करोड नौ लाख ४० हजार र ६३ अर्ब २१ करोड ४९ लाख ४० हजार रहेको थियो । 

नेपालको हालको बैदेशिक व्यापारको अवस्था देख्दा मुलुकको उत्पादन र उत्पादकत्वको अवस्था दयनिय देखिएको छ । माग र आपूर्तिका साथै मुलुकको उत्पादनको अवस्था सन्तोषजनक नहुँदा व्यापार घाटा उच्च हुँदै गएको छ । यो तथ्यांकले के देखाउँछ भने नेपालीहरुको खर्च गर्ने क्षमता वार्षिक रुपमा वृद्धि हुँदै गएको छ, भने अर्कोतर्फ नेपालको उत्पादन क्षमता तथा निर्यातयोग्य बस्तुहरुको निर्यातमा कमी देखिँदा नेपालले नेपालमै उत्पादन गर्ने बस्तुहरुमा समेत अरबौ रकम बाहिर पठाएको छ । 

यस्तै, नेपालमा सबैभन्दा बढि आयात हुनेमा यातायातका साथ, पाटपूर्जा, इलेक्ट्रीकल मशिनहरु, इन्धन, स्टील रहेका छन्, जसको मुल्य उच्च हुने गर्छ । धेरै परिणाममा ती बस्तुहरु आयात हुँदासमेत व्यापार घाटा उच्च हुँदै आएको छ । नेपालमा कृषिजन्य वस्तुहरुको उत्पादन तथा उत्पादकत्वमा मात्रै बढाएर व्यापार घाटा कम गर्ने अवस्था निकै कम देखिएको अवस्थामा अन्य खानी तथा खनिजजन्य बस्तुहरुको उत्पादन, प्राकृतिक स्रोतको भरपुर उपयोग अनिवार्य भइसकेको छ । 

एक महिनामा कुन देशबाट कति आयात ?

चालू आर्थिक वर्षमा सबैभन्दा बढि बस्तुहरु छिमेकी मुलुक भारतबाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

साउन महिनामा भारतबाट मात्रै नेपालले ६४ दशमलब ३ प्रतिशतका सामान तथा बस्तुहरु आयात गरेको छ । भने सोही अवधीमा नेपालले भारतमा ५४ दशमलब ३ प्रतिशतका बस्तु तथा समानहरु निर्यात गरेको छ । यस्तै अर्को छिमेकी मुलुक चीनबाट नेपालले १२ दशमलब ९ प्रतिशत आयात गरेको छ भने नेपालको निर्यात भने शुन्य रहेको छ । नेपालले अर्जेन्टीनाबाट २ दशमलब ८ प्रतिशत, फ्रान्सबाट १ दशमलब ९ प्रतिशत आयात गरेको छ । 

नेपालले निर्यात गरेका देशहरुमा १२ दशमलब ८ प्रतिशतका सामानहरु अमेरिकका निर्यात गरेको छ । यस अवधिमा नेपालले टर्कि, बेलायत लगायतका मुख्य देशहरुमा निर्यात गरेको छ । तर उक्त अवस्था आयातको तुलनामा निकै कम देखिएको छ । गत आर्थिक वर्षमा नेपालले करिब ९ खर्बको व्यापार घाटा व्यहोरेको थियो ।

वार्षिक रुपमा आयात बढ्दै गए पनि निर्यातको अवस्था थप संकुचन हुँदै आएको हुँदा नेपालले आफ्ना व्यापार रणनीति तथा उत्पादकत्व वृद्धिमा निकै जोड दिनु पर्ने स्थीति देखिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै