• २०८१ असार १७ सोमबार

युरोपियन फुटबलमा अदालतको ऐतिहासिक फैसला, नयाँ सुपर लिगको घोषणा

kharibot

काठमाडौँ । युरोपको सर्वोच्च अदालतले बिहीबार प्रतिद्वन्द्वी सुपर लिगको निर्माण रोक्ने फुटबल प्रशासक निकाय युइएफए र फिफाको कदमले युरोपेली युनियन (इयु) को कानूनलाई तोडेको फैसला गरेपछि युरोपियन सुपर लिगको घोषणा गरिएको छ ।

युरोपियन अदालतको फैसलाको ब्याख्या जारी रहेको बेला सुपर लिगका आयोजकहरुले पुरुष तर्फ ६४ र महिला तर्फ ३२ क्लबले सुपर लिगमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् । यस लिगको संचालक स्पोर्ट्स कन्सल्टिङ फर्म ए२२ का सिइओ बेर्नाड रेइचार्टले युरोपियन सुपर लिगको घोषणा गर्दै यी खेलहरु नि: शुल्क रुपमा देखाउने घोषणा गरेका छन् ।

उनले युरोपका उत्कृष्ट ६४ क्लबलाई तीन तहमा विभाजन गरेर शुरुमा लिग र त्यसपछि नकआउट चरणमा खेलाउने बताएका छन् ।  यस प्रतियोगितामा कुनै पनि क्लब सदस्य नहुने र मेरिटका आधारमा हरेक बर्ष छानिने जानकारी दिएका छन् ।

यो लिगका तीन तहको नाम स्टार, गोल्ड र ब्लू दिइएको छ भने  हरेक बर्ष सेप्टेम्बरदेखि अप्रिलसम्म यो लिग खेलिने बताइएको छ । जसमा स्टार र गोल्ड लिगमा १६-१६ क्लब हुने छन् भने ब्लु लिगमा ३२ क्लब हुने बताइएको छ । स्टार र गोल्ड लिगका क्लबलाई ८-८ टिमको समुहमा बिभाजन गरिने बताइएको छ ।

होम र अवे आधारमा खेलेपछि सबै समुहका शिर्ष ४-४ टिमलाई नकआउटमा प्रवेश दिइने बताइएको छ ।

यस अघि २०२१ मा रियल म्याड्रिडको नेतृत्वमा युरोपियन सुपर लिगको अवधारणा ल्याइएको थियो । जसलाई बार्सिलोना, म्यानचेस्टर सिटी, युभेन्टस जस्ता क्लबले शुरुमा साथ दिएका थिए । तर फुटबलको सर्वोच्च संस्था फिफा र युइएफएले यसलाई संस्थागत हुनबाट रोकेपछि यो विषय त्यतिकै सेलाएको थियो र अदालतमा पुगेको थियो । 

अहिले युरोपेली न्यायालयले फैसलामा फिफा र युइएफएले सुपर लिगजस्ता कुनै पनि नयाँ इन्टरक्लब फुटबल परियोजनाहरूलाई उनीहरूको पूर्वस्वीकृतिको अधीनमा राख्ने र क्लब तथा खेलाडीहरूलाई ती प्रतियोगिताहरूमा खेल्न निषेध गर्ने नियमहरू गैरकानूनी रहेको बताएपनि एकथरीले नयाँ लिग शुरु गर्न सहज नहुने तिप्पनि९ गरिरहेका बेला नयाँ लिगको घोषणा गरिएको टिप्पणी भइरहेको छ ।

सुपर लिग आयोजना प्रवर्द्धन गर्ने कम्पनी ए२२ स्पोर्ट्सले फैसलाबाट आफ्नो विजय भएको दाबी गरेको छ र लिगको घोषणा गरेको छ । यद्यपि यसको आगामी दिनमा विश्व फुटबलमा कस्तो असर पर्छ भन्ने अहिले नै यकिन साथ भन्ने अवस्था देखिदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै