• २०८१ बैशाख ३० आइतबार

बायोपिक फिल्ममा वरुण धवनको ठाउमा अगस्त्य नन्दाको इन्ट्री !

kharibot

काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चनका नाति अगस्त्य नन्दाले छिट्टै ठूलो पर्दामा डेब्यु गर्ने भएका छन् ।

जोया अख्तरद्वारा निर्देशित फिल्म द आर्चिजबाट आफ्नो अभिनय करियर सुरु गरेका अगस्त्यले अब ठुलो पर्दामा आउने भएका हुन् । यद्यपि अगस्त्यको आर्चिज ओटीटी प्लेटफर्ममा मात्र रिलिज भएको थियो । अब अगस्त्यलाई श्रीराम राघवनको फिल्म २१ मा लिइएको छ । फिल्म साइन गरेपछि अगस्त्यले छिट्टै फिल्मको छायांकन सुरु गर्नेछन् । यो फिल्ममा वरुण धवनको स्थानमा अगस्त्यले लिएको बताइएको छ ।

फिल्म २१ को पहिलो शेडयुलको छायांकन सुरु भइसकेको छ भने अब फिल्मको दोस्रो शेड्युल क्रिसमसपछि छायांकन हुने बताइएको छ । 

फिल्म एक्काइस परमवीर चक्र पुरस्कार विजेता लेफ्टिनेन्ट अरुण क्षेत्रपालको बायोपिक बन्न लागेको हो । यो फिल्म २०१९ मा अरुण क्षेत्रपालको ६९औं जन्मदिनमा घोषणा गरिएको थियो । घोषणासँगै यो फिल्ममा वरुण धवनले अरुणको भूमिका निर्वाह गर्ने बताइएको थियो । कोभिड–१९ का कारण फिल्मको निर्माण बन्द भएको थियो र अब धर्मेन्द्रको जन्मदिनको अवसर पारेर निर्माण पक्षले चलचित्रको स्टारकास्ट घोषणा गरेको छ । जसमा वरुण धवनको स्थानमा अगस्त्य नन्दको नाम उल्लेख गरिएको छ ।

फिल्म २१ मा अगस्त्य नन्दाका अलावा धर्मेन्द्र र जयदीप अहलावतको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै