• २०८१ असोज १ मंगलबार

प्रस्तावित न्यायाधीसद्वय पौडेल र ढुङगानाको संसदीय सुनुवाइ

kharibot

काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये दुई जनाको आज संसदीय सुनुवाइ भएको छ ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गरे ।

उनिहरुले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता व्यक्त गरे ।

पुराना बक्यौता मुद्दा न्यूनीकरणका लागि विशेष सक्रियता, फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशद्वयले जोड दिए ।

न्यायिक सुशानमा समर्पण र जोड, सजाय निर्धारणसम्बन्धी मार्गदर्शको विकास र विस्तार, न्यायमा पहुँच अभिवृद्धि, न्यायपालिकाको वस्तुस्थिति र विश्लेषण, न्याय सम्पादनका मार्गदर्शक आधारसहितको कार्ययोजना र प्रतिबद्धता उनिहरुले प्रस्तुत गरे ।

यसअघि सर्वोच्च  अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै