• २०८१ बैशाख १६ आइतबार

बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालतको आदेश

kharibot

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई  उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । 

बिहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई धरौटीमा छोड्न आदेश दिएको हो । 

यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाह खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो । 

न्यायाशीश पाण्डेयले खाँणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए । उता न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए । 

दुवै न्यायाधीश हरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै