• २०८१ बैशाख २१ शुक्रबार

मौद्रिक नीतिको समिक्षाको असर सेयर बजारमा, आधा घण्टामा दुई पटक सर्किट ब्रेक

kharibot

काठमाडौं । मौद्रिक नीतिको पहिलो समिक्षापछि यसको प्रभाव सेयर बजारमा देखिएको छ । आइतबार बजार खुलेको आधा घण्टामै ९२.७३ अंकले बढेपछि सर्किट ब्रेक लागेको छ ।

बजार खुलेको पहिलो पाँच मिनेटमै ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि कारोबार स्थगित भएकामा त्यसपछि पनि बजार बढ्ने क्रम जारी रहेको छ ।

पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५ प्रतिशत पुगेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ । ११ बजेर २७ मिनेट जाँदा बजार ५ प्रतिशतले बढेको थियो । नेप्से १९४५.५१ बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै