• २०८१ बैशाख २२ शनिबार

किन बढ्दै छ बेलायती प्रधानमन्त्री सुनकको मुश्किल ?

kharibot

लन्डन । अवैध आप्रवासी र शरणार्थीको मुद्दामा बेलायतका प्रधानमन्त्री ऋषि सुनकको संकट बढ्ने संकेत देखिएको छ ।

आप्रवासी र शरणार्थी मुद्धामा सुनकले अपनाएको नीतिविरुद्ध पार्टी भित्र विद्रोहो हुन थालेपछु उनको पद संकटमा पर्नसक्ने देखिएको हो । सत्तारुढ कन्जरभेटिभ पार्टीका तीन ठूला नेताहरू पूर्वप्रधानमन्त्री लिज ट्रस, पूर्व गृहमन्त्री सुएला ब्रेभरम्यान र पूर्वमन्त्री रोबर्ट जेनरिक सुनकविरुद्ध लागेका छन् । यी तीन नेता चरम कट्टरपन्थी हुन् । तीनैजनाले सुनकलाई भारतीय मूलका भएकाले अवैध आप्रवासीको मुद्दामा नरम रुख अपनाएको आरोप लगाएका छन् ।

सुनकले तयार पारेको अवैध आप्रवासीसम्बन्धी संशोधित ‘रुवाण्डा विधेयक’ आगामी डिसेम्बर १२ मा तल्लो सदन हाउस अफ कमन्समा पेस हुनेछ । यसअघि सुनक विरोधी नेताहरुले कन्जरभेटिभ पार्टीका नेताहरुलाई सुनकको विरुद्ध उभ्याउने प्रयास गरिरहेका छन् । हाउस अफ कमन्समा सत्तारुढ कन्जरभेटिभ पार्टीका नेता पेनी मोर्डन्ट पनि सुनकविरुद्धको मोर्चामा सामेल रहेकी छन् ।

भारतीय मूलका पूर्व गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री सुनकविरुद्धको यो विद्रोहको नेतृत्व गरिरहेकी छिन् । उनको अभियानमा पूर्व प्रधानमन्त्री लिज ट्रसको पनि पूर्ण समर्थन छ । सुनकसँग दुवै नेताको राजनीतिक प्रतिद्वन्द्वीता पनि छ । लीज ट्रसलाई हटाएर सुनक प्रधानमन्त्री बनेका कारण उनले सुनकको विरोध गर्दै आएकी छन् । सुनकले हालै सुएलालाई आफ्नो मन्त्रिपरिषद्बाट हटाएका थिए । यी दुवै नेताले अवैध आप्रवासीसम्बन्धी रुवाण्डा विधेयकमा सुनकको विरोध गर्दै पार्टीको कट्टरपन्थी क्याम्पबाट समर्थन पाइरहेका छन् ।

सुनकले डिसेम्बर १२ मा सदनमा विधेयक पेश गर्नु अघि पार्टी अध्यक्ष रिचर्ड होल्डनलाई आफ्नो पक्षमा राखेका छन् । होल्डनले एक वर्षपछि हुन लागेको निर्वाचनअघि सुनकलाई हटाएमा सो कदम पार्टीकालागि आत्मघाती हुने बताएका छन् ।

सुनक बेलायतको मध्यम वर्गमा धेरै लोकप्रिय छन् । उनले धेरै वस्तुमा कर काटेर मध्यमवर्गलाई राहत दिएका छन् । उनको सुपर रिच कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउने कदम विशेष लोकप्रिय थियो । उनी आफ्नो पार्टीको मध्यम वर्गमा सबैभन्दा लोकप्रिय अनुहार हुन् ।

यदि सुनकले रुवान्डा विधेयक पारित गर्न असमर्थ भएमा, उनले संसद भंग गर्ने प्रयास गर्न सक्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै