काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल जारी रहेको छ ।
टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले खराब शुरुवात गरेको छ । नेपालले १६ ओभरको खेल सकिदा आफ्ना शुरुवाती ४ विकेट गुमाएको छ । नेपालका अर्जुन कुमाल, तिलक भण्डारी, आकाश त्रिपाठी र कप्तान देव खनाल आउट भएका छन् । नेपालका लागि अर्जुनले २१ रन बनाएर आउट भए भने तिलकले ७, आकाशले ६ र देव शुन्यमा आउट भएका थिए ।
त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले २ तथा अमिर हसन र उबैद शाहले एक एक विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ४३ रन बनाएको छ ।