• २०८१ बैशाख १७ सोमबार

पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या

kharibot

मस्को । युक्रेनका  संसद् सदस्य इल्या किभाको बुधबार मस्को नजिकैको एउटा होटल पार्कमा साइलेन्सर (आवाज नआउने) हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन् । समाचार समिति तासका अनुसार उनी बसेको होटलको पार्कमा उनको शव भेटिएको थियो । 

सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जियुआर) ले किभाको मृत्युको जिम्मेबारी लिएको छ । जियुआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यायमा जियुआरको संलग्नता स्वीकार गरेका छन् । 

ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताहरूले हत्याको आपराधिक मामिला खोलेका छन् । प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै