• २०८१ बैशाख १५ शनिबार

एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

kharibot

बैतडी । नेकपा (एमाले)को   ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि  आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।    

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान  नेपाली झण्डा झण्डोत्तोलन  गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् । सो अवसरमा  अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । 

सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको  आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ  । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै