• २०८१ बैशाख १६ आइतबार

अस्ट्रियासँग स्तब्ध जर्मनी

kharibot

काठमाडौँ । जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा अस्ट्रियाले जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रियाको जितमा मार्सल साबिटजर र क्रिस्टोफ बाउमगार्टनरले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ४९औं मिनेटमा जर्मनीका लिरोय सानेले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो ।

मैत्रीपूर्ण खेलमा जर्मनीको यो लगातार दोस्रो हार हो । यसअघि जर्मनी टर्कीसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै