• २०८१ बैशाख १७ सोमबार

थवाङ विचार र क्रान्तिको प्रतीक हो- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् ।

घर–घरमा माओवादी, जन–जनमा माओवादी,जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत एक दिने थबाङ गाउँपालिका स्तरीय विशेष प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउदै यस ठाउले एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको टिप्पणी गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले विभाजित माओवादीहरुबीच क्रमशः एकताको आधार तयार हुँदैगरेको बताउदै विप्लवसँग छिट्टै एकता हुने बताए ।

उनले भने- 'शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं ।'

उनले समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेको बताउदै सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडित किसानलाई न्याय दिइएकोबताउदै सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले चालेको कदम अहिलेसम्मकै ठुलो अभियान भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै