• २०८१ बैशाख २१ शुक्रबार

सांसद पौडेलले भूकम्प राहत कोषमा एक महिनाको तलब सहयोग गर्ने

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्  ।

सांसद पौडेलले आज एक विज्ञप्ति जारी गरी भूकम्पले पुर्याएको विपत्तीमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्घीय सांसदका रुपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।

उनले जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निकै ठूलो मानवीय तथा भौतिक क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।

पौडेलले यस्तो विपत्तिको समयमा भूकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारका कामलाई अझ तीव्र बनाउन र पुनःस्थापनका लागि सरकारको कोषमा उक्त रकम हस्तान्तरण गर्ने घोषणा गरेका छन् । उनले भूकम्पमा परेर ज्यान गुमाएका दिवङ्गतप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै