• २०८१ बैशाख २८ शुक्रबार

गुटेरेसको सुरक्षाका लागि बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

kharibot

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा ड्युटीका लागि पुगेका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि हेलिकप्टरबाट १२ कात्तिकमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किनेक्रममा श्वासप्रस्वासमा समस्या भएपछि उनलाई हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।

तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ । पर्वतका ढुंगाना घान्द्रुकमा कार्यरत रहेका थिए ।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै