• २०८१ बैशाख २२ शनिबार

क्रिकेट विश्वकपका ९ स्तब्ध पार्ने नतिजा !

kharibot

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा दुई ठुला स्तब्ध पार्ने नतिजा (अपसेट) भएका छन् ।

यस विश्वकपमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकाले ३८ रनले पराजित गर्दै नयाँ इतिहास बनाएको छ । नेदरल्याण्डससको यस जितलाई विश्वकप क्रिकेटको अहिलेसम्म ठुलो 'अपसेट' भनिएको छ ।

नेदरल्याण्डसले अघिल्लो बर्ष अस्ट्रेलियामा सम्पन्न ती -२० विश्वकपमा पनि हराएको थियो । आइसीसी वरियतामा दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेर विश्वकप खेल्न आएको थियो भने नेदरल्याण्डस १४औँ स्थानमा रहेको थियो । त्यस्तै अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इङल्याण्डलाई ६९ रनले पराजित गरेर नयाँ इतिहास बनाएको छ ।

सन् १९९६ को विश्वकपमा केन्याले वेस्टइण्डिजलाई ७३ रनले पराजित गरेको थियो । केन्याले दिएको १६७ रनको लक्ष्य पछाएको वेस्टइन्डिज ३५.२ ओभरमा ९३ रन बनाएर अलआउट भएको थियो । 

यसअघि १९९९ को विश्वकपमा जिम्बाबेले भारतलाई पराजित गरेको थियो । जिम्बाबेले भारतलाई ३ रनले पराजित गर्दै विश्वकपमा 'अपसेट' गरेको थियो । यस खेलमा जिम्बाबेले दिएको २५३ रनको अल्क्ष्य पछाएको भारत ४५ ओभरमा २४९ रन बनाएर अलआउट भएपछि जिम्बाबे ३ रनले विजयी भएको थियो ।

त्यसैगरी जिम्बाबेले १९९९ को विश्वकपमा दक्षिण अफ्रिकालाई पनि पराजित गरेर एकै विश्वकपमा दोस्रो 'अपसेट' गरेको थियो । सो खेलमा जिम्बाबेले दिएको २३४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका ४७.२ ओभरमा १८५ रनमा अलआउट भएपछि जिम्बाबे ४८ रनले विजयी भएको थियो । 

त्यस्तै १९९९ को विश्वकपमा बंग्लादेशले पाकिस्तानलाई ६२ रनले पराजित गर्दै अर्को 'अपसेट' गरेको थियो । बंगलादेशले दिएको २२४ रनको लक्ष्य पछाएको पाकिस्तान ४४.३ ओभरमा १६१ रनमा अलआउट भएको थियो ।

त्यसैगरी २००३ को विश्वकपमा केन्याले श्रीलंकालाई स्तब्ध बनाएको थियो । यस खेलमा केन्याले दिएको २११ रनको लक्ष्य पछाएको श्रीलंका ४५ ओभरमा १६७ रनमा अलआउट भएपछि केन्या ५३ रनले विजयी भएको थियो ।

त्यस्तै २००७ को विश्वकपमा बंगलादेशले भारतलाई पराजित गर्दै स्तब्ध बनाएको थियो । यस खेलमा भारतलाई १९१ रनमा अल आउट गर्दै बंगलादेशले ५ विकेटले यो खेल जितेको थियो । यस विश्वकपमा भारत समुह चरणबाटै बाहिरिएको थियो ।

त्यसैगरी २०११ को विश्वकपमा आयरल्याण्डले इङल्याण्डलाई पराजित गर्दै विश्वकपमा अर्को 'अपसेट' गरेको थियो । यस खेलमा इङल्याण्डले ३२८ रनको लक्ष्य दिएकोमा आयरल्याण्डले ४९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै