• २०८१ बैशाख २० बिहीबार

संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन- रक्षामन्त्री खड्का

kharibot

भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उनले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताए । 

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउँदै उनले संविधानको कार्यान्वयनमा चिन्ता र चुनौती थपिँदै गएको बताए । दलहरूले संविधान सभामार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ थियो । 

मन्त्री खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा तयारी गरेर प्रतिनिधिसभामा प्रस्ताव लिएर गए पनि त्यो प्रस्ताव एमालेको कारणले असफल भएको बताए । 

कांग्रेसप्रति जनताको गुनासो बढ्न नदिन प्रत्येक नेता र जनप्रतिनिधिको व्यवहार र बोलीबचनमा सुधार गर्दै जनताको घरदैलोमा गएर जनताको पीडामा मल्हम लगाउनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कांग्रेस बलियो भए देश बलियो हुन्छ भन्दै काँग्रेसलाई एक ढिक्का बनाएर बलियो बनाउन गाउँ तहदेखि नै लाग्नुपर्नेमा जोड दिए । 

बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको प्रशिक्षण विभागका सदस्य सचिव रामेश्वर ढकालले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा डा खिमलाल देबकोटा,डा बुद्धिमान श्रेष्ठ, प्रा कृष्ण खनाल, डा सुरेश आचार्यले प्रशिक्षण दिएका उनले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै