• २०८१ बैशाख १५ शनिबार

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार, चालकसहित तीनजना पक्राउ

kharibot

विराटनगर। मोरङको विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका–३ मा ट्रक पार्किङ गरेर राखेको स्थानमा आइतबार राति युवतीमाथि सामूहिक बलात्कार भएको हो । 

पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।

अलपत्र परेकी युवतीलाई बसोवासका लागि सहयोग गर्ने बाहनामा उनीहरुले बलात्कार गरेका प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै