• २०८१ बैशाख १५ शनिबार

एमसीसी कार्यान्यवनमा चुनौती, प्रसारण लाइनसम्बन्धी तीनवटै प्याकेजका ठेक्का प्रक्रिया रद्द

kharibot

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका विद्युत् प्रसारण लाइनसम्बन्धी तीनवटै प्याकेजका ठेक्का प्रक्रिया रद्द भएका छन् ।

एमसीए नेपालका अनुसार लप्सिफेदी-रातामाटे-न्यू हेटौंडा ४ सय केभी प्रसारण लाइनको ठेक्का प्रक्रिया रद्द गरिएको छ । त्यस्तै रातामाटे न्यू दमौली ट्रान्समिसन लाइन, न्यू दमौली-न्यू बुटवल खण्डको ठेक्का पनि रद्द गरिएको छ । लागत अनुमानभन्दा ठेक्का कबोल बढी भएकाले रद्द गरिएको एमसीए नेपालले जनाएको छ ।

अमेरिकाको वासिङ्टनस्थित एमसीसी मुख्यालयको सुझावअनुसार एमसीए नेपालले ठेक्का रद्द गरेको थियो । पुरानो प्रक्रिया रद्द गरेसँगै नयाँ ठेक्का प्रक्रियाको काम सुरु भइसकेको एमसीए नेपालका अधिकारीहरुले जनाएका छन् ।

गत भदौ १३ गतेबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना कार्यान्वयन आएको थियो । तर सुरुमै ठेक्का प्रक्रिया रद्द भएपछि पाँच वर्षभित्र काम सक्न चुनौती थपिएको छ ।

सन् २०१७ अक्टोबरमा नेपाल सरकार र एमसीसीबीच ५० करोड अमेरिकी डलर बराबरको पाँचवर्षे अनुदान सम्झौता भएको थियो । यो आयोजनामा नेपालको १३ करोड अमेरिकी डलर लागत रहने छ । यसअन्तर्गत ३१५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन तथा तीन वटा सवस्टेसन निर्माण हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै