• २०८१ बैशाख २२ शनिबार

एशियन गेम्सको महिला भलिबलमा नेपाल भारतसँग पराजित

kharibot

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो । 

खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । त्यसपछिका दुई सेट नेपालले गुमायो । खेलको तेस्रो सेटमा भारतले पुनः २५–२३ मा आफ्नो पक्षमा पार्यो भने चौथो सेटमा भारतले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो । 

यसअघि समूह चरणको खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएपछि मेडलको दौडबाट बाहिरिएको नेपालले यो नवौं स्थानको लागि भारतसँग खेलेको थियो । अब नेपालले  ११औं स्थानका लागि हङकङ, मंगोलिया र अफगानिस्तान सम्मिलित प्लेअफ समूहको विजेतासँग खेल्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै