• २०८१ फाल्गुण २ शुक्रबार

श्रीलंकालाई हराउदै अफगानिस्तान एशियन गेम्स क्रिकेटको सेमिफाइनलमा

kharibot

काठमाडौँ । अफगानिस्तान जारी एशियन गेम्स अन्तर्गत क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बुधबार विहान सम्पन्न क्वाटरफाइनलमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ११७ रनको लक्ष्य पछाएको श्रीलंका १९.१ ओभरमा १०८ रन बनाएर अल आउट भएपछि खेल अफगानिस्तानले ८ रनले जितेको हो ।

यस अघि अफगानिस्तानले पहिला ब्याटिंग गर्दै १८.३ ओभरमा अल आउट हुदै ११६ रन बनाएको थियो । 

अब सेमिफाइनलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्ने छ । सेमिफाइनलका खेल शुक्रबार हुने छन् । त्यस्तै भारतले नेपाललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भएन सेमिफाइनलमा भारतले बंगलादेश र मलेसियावीचको विजेतासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै