• २०८१ बैशाख २२ शनिबार

एशियन गेम्सको महिला भलिबलमा नेपालको लागातार दोस्रो हार

kharibot

काठमाडौं । जारी १९औं एशियन गेम्सको महिला भलिबलमा नेपालले लगातार दोश्र हार बेहोरेको छ ।

चीनको हाङचोउस्थित डि क्यु स्पोर्टस जिम्न्यासियममा आज भएको खेलमा नेपाल दक्षिण कोरियासँग सोझो ३-० को सेटमा पराजित भएको हो । दक्षिण कोरियाले नेपाललाई २५-२१, २५-१४ र २५-११ को सोझो सेटमा पराजित गरेको हो ।

योसँगै नेपालको महिला भलिबलको एशियन गेम्समा यात्रा टुंगिएको छ । नेपालले एशियन गेम्सको महिला भलिबलमा पहिलो पटक भाग लिएको हो ।

यस अघि पुल सी मा रहेको नेपाल भियतनामसँग पनि ३-० को सोझो सेटमा पराजित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै