• २०८१ बैशाख १५ शनिबार

नेपाली महिला टिम भियतनामसँग २-० ले पराजित

kharibot

काठमाडौँ । नेपाल १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलको पहिलो खेलमा पराजित भएको छ ।

नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो । भियतनामको जितमा खेलको ५३औं मिनेटमा फाम है यनले र खेलको ६४औँ मिनेटमा नागुयन थि बीच थुयले एक एक गोल गरेका थिए । 

तुलनात्मकरुपमा बलियो रहेको भियतनामलाई नेपाली टिमले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो ।

फिफाको महिला टिमको वरियतामा भियतनाम ३४औं स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।

अब एशियन गेम्स अन्तर्गत नेपालले आगामी सोमबार जापानसँग खेल्दैछ भने विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै