काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल रियादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल रियादलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा सालेम अल्दावसरीले २ गोल गरेका थिए भने मालकम, नासेर अल्दावरी र अलेक्सान्दर मिट्रोभिकले एक एक गोल गरेका थिए ।
यस खेलमा ब्राजिलका नेइमारले अल हिलालका लागि डेभ्यु गरेका छन् । खेलको ६४औँ मिनेटमा मैदानमा प्रवेश गरेका नेइमारले एक गोल असिस्ट गरेका थिए भने उनी उत्कृष्ट खेलेका थिए । त्यसैगरी अल रियादका लागि एक गोल अलि अल जाक्वानले गरेका थिए ।
यो यस सिजनमा अल हिलालको पाँचौं जित हो । यो जितसहित अल हिलालको ६ खेलमा १६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ ।
त्यसैगरी अल रियादको भने ६ खेलमा ४ अंक छ र लिगमा १६औं स्थानमा छ ।