• २०८१ श्रावण १२ शनिबार

एकदिवसीय वरियतामा पाकिस्तान तेस्रो स्थानमा झर्यो

kharibot

काठमाडौँ । एशिया कपबाट बाहिरिएको पाकिस्तानले एकदिवसीय वरियतामा लगातार पछि पर्दै गएको छ । एशिया कप शुरु हुदा विश्वको शिर्ष स्थानमा रहेको पाकिस्तान एशिया कपबाट बाहिरिनासाथ तेस्रो स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले शुक्रबार जारी गरेको नयाँ एकदिवसीय वरियतामा अस्ट्रेलिया शिर्ष स्थानमा कायम रहेको छ ।

शिर्ष स्थानमा कायम रहेपछि अस्ट्रेलियाको यसअघिको रेटिंग भने १२१ बाट घटेर ११८ भएको छ । अस्ट्रेलियाले पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग हार बेह्रेको हुनाले उसको रेटिंग घटेको हो ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारत भएन एशिया कपमा अपराजित हुदै फाइनलमा पुगेपछि वरियतामा दोस्रो स्थानमा उक्लिएको छ । भारतको अहिले ११६ रेटिंग अंक रहेको छ ।

त्यस्तै ११५ रेटिंग अंकसहित एकदिवसीय वरियतामा तेस्रो स्थानमा झरेको छ । त्यस्तै एकदिवसीय वरियतामा इङल्याण्ड चौथो स्थानमा उक्लिएको छ । 

त्यसैगरी नेपाल भने हाल एकदिवसीय वरियतामा ३४ रेटिंगसहित १५औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै