• २०८१ बैशाख १६ आइतबार

बालेन प्रतिष्ठित टाइम म्यागजिनको 'टाइम १०० नेक्ट्स' को सूचीमा

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रतिष्ठित टाइम म्यागजिनको 'टाइम १०० नेक्ट्स' को सूचीमा परेका छन् ।

टाइम म्यागजिनको २०२३ को 'टाइम १०० नेक्ट्स' को राजनीतिको सूचीमा बालेन परेका हुन् ।

टाइम म्यागेजिनले हरेक बर्ष 'पर्सन अफ द इयर', टाइम १०० जस्ता सूची प्रकाशित गर्ने गरेको छ । तर वर्तमानलाई मात्र भन्दा भविष्यलाई संकेत गर्न म्यागजिनले 'टाइम १०० नेक्ट्स' सूची प्रकाशित गरेको जनाएको छ ।

विभिन्न विद्या जस्तै स्वास्थ्य, जलवायु, विजिनेस, स्पोर्ट्स, कला र राजनीतिमा भविष्यका प्रभावशाली व्यक्तिको सूची यसमा सामेल गरेको टाइमले जनाएको छ । यस सूचीमा तावाइनको ताईपेइका ४४ बर्षिय मेयर चीयांग वान एन, ३४ बर्षिय अमेरिकी कांग्रेसकी डेमोक्रेट सदस्य अन्न पाउलिना लुनाजस्ता लिर्ड्स समावेश छन् ।

टाइम म्यागेजिनको 'टाइम १०० नेक्ट्स' को सूची यस लिंकमा हेर्न सकिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै