• २०८१ बैशाख २१ शुक्रबार

कांग्रेस सभापति देउवाद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

देउवाले एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

केहि बेरअघि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल पुर्याइएपछि अहिले श्रद्धाञ्जली दिनेको भिड लागेको छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन् । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै