• २०८१ बैशाख १६ आइतबार

व्यास नगर साइनिङ स्टारको  उपाधिबाट सदीक्षा राना विजयी 

kharibot

तनहुँ । जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधिबाट सदीक्षा राना विजयी भएकी छिन् ।

गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन् । उपाधि चुम्न सफल रानाले रू २५ हजार २३ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

आभा श्रेष्ठ फस्ट रनरअप बन्दै रू १५ हजार २३ र सदीक्षा थापामगर सेकेण्ड रनरअप बन्दै रू १० हजार २३ बाट घोषित भएका छन् ।

उक्त प्रतियोगितामा १० वर्षमाथिका र १५ वर्षमुनिका दुई बालकसहित २० बालबालिका सहभागी रहेको जेसिआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

सामाजिक क्षेत्रमा क्रियाशील बन्दै आएको जेसिआईले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । 

कोरोनापछिको दोस्रो प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ । कोरोनाको अवधिमा प्रतियोगिता गर्न नसकिए पनि अहिले सहज परिस्थिति भएकाले निरन्तरता दिन थालिएको श्रेष्ठले बताए । उनका अनुसार नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती र कला संस्कृतिलगायतका क्षेत्रमा जेसिआईले जोड दिँदै आएको छ ।

श्रेष्ठका अनुसार बालबालिकालाई विभिन्न प्रशिक्षकबाट एक महिनासम्म तालिम प्रदान गरी प्रतियोगितामा सहभागी गराइएको हो ।

विजयी प्रतियोगीलाई नगरप्रमुख बैकुण्ठ न्यौपाने, जेसिआई नगरका अध्यक्ष राजु रानालगायतकाले पुरस्कार प्रदान गरेका थिए ।

उत्कृष्ट १० अवार्डबाट विभिन्न व्यक्तिलाई पुरस्कृतसमेत गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै