• २०८१ बैशाख २० बिहीबार

रोजगार वृद्धि र सीप विकासका लागि सरकार प्रयत्नशील छ- श्रममन्त्री भण्डारी 

kharibot

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले स्वदेशमै रोजगार वृद्धि र सीप विकास तालिमका लागि नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले नेपालको संविधानमा रहेको रोजगारीको हकको कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको स्पष्ट गरेका हुन् । 

उनले सूचीकृत बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिइएको जानकारी दिँदै मुलुकमा आर्थिक गतिविधि सहज भएको स्थितिमा स्वदेशमै रोजगारी वृद्धि हुने बताए । 

मन्त्री भण्डारीलाई पूरक प्रश्न गर्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले रोजगारी सिर्जना हुने केही सरकारी निकायका सार्वजनिक संस्थालाई बेचिएकाले बेरोजगारी बढेको होइन र भन्ने जिज्ञासा राखे । 

जवाफमा मन्त्री भण्डारीले सात सय ५३ वटै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएकाले त्यहाँ कस्ता खालका बेरोजगारी छन् र कस्ता सीप तालिम आवश्यक छन् भन्ने विषयमा सूचना प्रविधिको प्रयोगसहित सरकारले आवश्यक गृहकार्य गरिरहेको स्पष्ट गरे । 

उनले सातै प्रदेशमा रहेका तालिम केन्द्रलाई प्रतिष्ठानका रूपमा स्थापित गरी युवाहरूलाई सीप विकास गरिने जनाए । उनले व्यवसायीले वैदेशिक रोजगारीका क्षेत्रमा गर्ने ठगीलाई नियन्त्रण र नियमन गर्न सरकारले उचित ध्यान दिइरहेको स्पष्ट गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै