• २०८१ असोज १९ शनिबार

इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारीद्वारा सामुहिक राजीनामाको चेतावनी

kharibot

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरु आन्दोलित भइरहेका बेला संस्थानका पदाधिकारीहरुले सामूहिक राजीनामाको चेतावनी दिएका छन् । शुल्क वृद्धि नगर्ने हो भने अहिलेकै शुल्कमा संस्था सञ्चालन गर्ने स्थिति नरहेको उनीहरुको भनाइ छ ।

संस्थानले यसै शैक्षिक सत्रदेखि लागु हुने गरि स्नातक तहको शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएको थियो ।

शुल्क फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरु प्रदर्शन र अनसनमा छन् । शुल्कवृद्धिको विरोधमा ८ दिनदेखि आमरण अनसन बसेका विद्यार्थी सुलभ चापागार्इंको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ । अरु तीन विद्यार्थी तीन दिनदेखि अनसनरत छन् । अध्ययन संस्थानले भने आंगिक क्याम्पसहरु आर्थिक अभावमा चल्न नसक्ने अवस्था आएपछि बाध्य भएर २६ वर्षपछि शुल्क वृद्धि गरिएको जनाएको छ ।

सरकारले शुल्क समायोजन या अनुदान नबढाउने हो भने सामूहिक राजीनामा दिने चेतावनी संस्थानका पदाधिकारीले दिएका छन् । वार्ता र संवादको माध्यमबाट सहमतिको प्रयास भइरहेको बेला उनीहरुको यस्तो चेतावनी आएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै