• २०८१ बैशाख १९ बुधबार

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख जर्जिएभाले चीन भ्रमण गर्दै

kharibot

काठमाडौ. । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले एसियाका अन्य दुई देशमा निर्धारित भ्रमणको समय अगावै बुधबार चीन भ्रमण गर्नेभएकी छिन् । 

“अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म प्रबन्ध निर्देशकले चीनको वरिष्ठ नेतृत्व टोलीसँग द्विपक्षीय छलफलका लागि चीन भ्रमण गर्नेछन्,” आईएमएफका प्रवक्ताले मङ्गलबार भने ।  

यसै वर्षको सुरुमा बेइजिङ भ्रमणका क्रममा जर्जिभाले सन् २०२३ ‘अर्को चुनौतीपूर्ण वर्ष’ हुने र अनिश्चितता ‘असाधारण रूपमा उच्च’ रहेको बताएकी थिइन् ।  

आईएमएफ प्रमुखले मार्चमा चीनका नीति निर्माताहरूलाई उत्पादकत्व बढाउन र अर्थव्यवस्थालाई लगानीबाट टाढा राख्न र अधिक टिकाउ उपभोग–आधारित वृद्धिको दिशामा पुनः सन्तुलित गर्न आग्रह गरेकी थिइन् । 

आईएमएफले यस वर्ष चीनको कूल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

गत महिना आईएमएफले पहिलो त्रैमासिकमा लचिलो सेवा क्षेत्रको गतिविधि र बलियो श्रम बजारका कारण यस वर्ष विश्वव्यापी वृद्धिका लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरेको थियो ।

“विश्वव्यापी अर्थतन्त्र महामारी र युक्रेनमा रूसको आक्रमणबाट बिस्तारै सुधार भइरहेको छ । आईएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभर गौरिनचासले भने,  “तर यो अझै पूर्ण निर्मूल भएको छैन ।”

चीनको भ्रमणपछि जर्जिएभा इन्डोनेसियाको राजधानी जकार्तामा सेप्टेम्बर ४ देखि ७ सम्म क्षेत्रीय समूह आसियानका नेताहरूको भेलाका लागि प्रस्थान गर्नेछिन् । 

त्यसपछि उनी जी–२० शिखर सम्मेलनमा भाग लिन सेप्टेम्बर ८ देखि १० सम्म भारतको नयाँदिल्ली जानेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै