• २०८१ बैशाख १६ आइतबार

सैन्य अभ्यासका क्रममा अस्ट्रेलियामा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त

kharibot

काठमाडौँ । अष्ट्रेलियामा सैन्य अभ्यासका क्रममा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

स्काई न्यूज अष्ट्रेलियाको रिपोर्ट अनुसार, एक अमेरिकी हेलिकप्टर डार्विनको तटमा सैन्य अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको हो ।

यसमा २० अमेरिकी मरीन सैनिक सवार थिए । रिपोर्टका अनुसार यस दुर्घटनामा तीन सैनिक घाइते भएका छन्, जसमध्ये एक जनाको मात्रै अवस्था गम्भीर छ ।

स्काई न्यूजका अनुसार स्थानीय समय अनुसार बिहान करिब ११ बजे ओस्प्रे हेलिकप्टर मेलभिल टापु नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

यो हेलिकप्टर सैन्य अभ्यास ‘प्रिडेटर रन ड्रिल’ मा सहभागी भएको थियो । यसमा अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स र टिमोर–लेस्टेका सेना सहभागी छन् । रिपोर्टका अनुसार यो दुर्घटनापछि सैन्य अभ्यास रोकिएको छ।

यस सैन्य अभ्यासमा करिब २५ सय सैनिकले भाग लिइरहेका छन् । यसमा ५०० अमेरिकी, १२० फिलिपिनो सैनिक, १२० इन्डोनेसियाली र ५० टिमोर-लेस्टेका छन् भने बाँकी सैनिक अस्ट्रेलियाका रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै