काठमाडौं । काठमाडौ महानगरपालिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरेको छ ।
काठमाडौको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोदीलाई सम्मानपत्र तथा काठमाडौ महानगरपालिकाको प्रतिकात्मक साँचो हस्तान्तरण गरेका छन् । त्यो अवसरमा गौतमबुद्धको ५५ किलोको मुर्ति काठको मयुरझ्याल पनि हस्तान्तरण गरिएको थियो ।
मोदीलाई नेपाली भाषामा लेखिएको सम्मानपत्र वाचन गरेर हस्तान्तरण गर्नुभएका मेयर शाक्यले मोदीलाई हिन्दी नेवारी र नेपाली भाषामा स्वागत गरेका थिए ।
मेयर शाक्यले दुई देशबिचमा सामाजिक, सास्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले यस्ता सम्बन्धले दुई देशको सम्बन्ध जनस्तरमा झनै उचो भएको उल्लेख गरेका थिए ।
मेयर शाक्यले भारतीय प्रधानमन्त्री मोदीको कुशल नेतृत्वमा दुई देशको सम्बन्ध झनै बलियो र थप सुदृढ बन्ने आशा ब्यक्त गरे । उनले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको प्रशंसा पनि गरेका थिए ।
अभिनन्दनपत्रमा आपसि हितका क्षेत्रमा सद्भाव सहयोग र सहकार्यको आशा गर्दै अभिनन्दनपत्रमा पुर्वपश्चिम रेलमार्ग, लगायतका क्षेत्रमा सहयोगको आशा पनि गरिएको छ ।