• २०८१ बैशाख १६ आइतबार

पाकिस्तानमा नेपाली क्रिकेट टिमले शुरु गर्यो अभ्यास (फोटो फिचर)

kharibot

काठमाडौँ । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास शुरु गरेको छ ।

नेपाली क्रिकेट टिमले पाकिस्तानको कराँचीस्थित हनिफ मोहमद हाई परफरमेन्स सेन्टरमा अभ्यास शुरु गरेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

नेपाली क्रिकेट टिम बुधबार कराँची पुगेको हो ।। नेपाली क्रिकेट टिमलाई पाकिस्तानका क्रिकेट अधिकारीहरुले कराँचीमा स्वागत गरेका थिए भने पाकिस्तानमा रहदा नेपाली क्रिकेट टिमलाई पाकिस्तान सरकारले भिभिआइपी सुरक्षा प्रदान गरेको छ ।

नेपाल टिम पाकिस्तानको कन्डिसन बुझ्न र स्थानीय टिमसँग अभ्यास खेल खेल्न केहि दिन अघि नै पाकिस्तान गएको हो ।

एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अगष्ट ३० अर्थात भदौ १३ मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । त्यस्तै नेपालले अर्को खेल सेप्टेम्बर ४ अर्थात भदौ १८ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्दै छ ।

एसिया कप खेल्ने नेपाली टिम:  रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

तस्बीरहरु: पाकिस्तान क्रिकेट बोर्ड

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै