• २०८१ बैशाख ३१ सोमबार

बैंकको ऋण नतिरेका सनी देओलको घर लिलामी किन रोकियो ?

kharibot

काठमाडौँ । आफ्नो फिल्म गदर-२ ले भारतीय बक्स अफिसमा तहल्का मच्याइरहेका अभिनेता सनी देओल विवादमा परेका छन् ।

अभिनेता सनी देओलको मुम्बईस्थित जुहू बंगलाको घर बैंकको ५६ करोड ऋण नतिरेपछि लिलामीको सूचना २४ घण्टाभित्र फिर्ता भएपछि उनी विवादमा परेका हुन् ।

बैंकले सोमबार पत्रपत्रिकामा खण्डन गर्दै प्राविधिक कारणले यो सूचना फिर्ता लिइएको जानकारी दिएपछि यस घटनाको विरोध शुरु भएको थियो । अब देओलको सम्पत्तिको लिलामी रोकिएको छ ।

अगस्ट २० मा सूचना पाएपछि सनी देओल आफैंले बक्यौता तिर्न बैंकमा पुगेका थिए । साथै यो सूचना फिर्ता लिनुमा थप तीनवटा कारण रहेको बैंकले जनाएको छ ।

यसअघि आइतबार प्रकाशित सूचना अनुसार सन्नीले ५६ करोड रुपैयाँ ऋण लिएका थिए, जुन उनले तिर्न सकेनन् । ऋण नतिरेपछि घरको लिलामीको मिति पनि २५ सेप्टेम्बरमा दिइएको थियो । यसमा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम पनि लेखिएको थियो ।

बैंकले लिलामीको सूचना फिर्ता लिएपछि अहिले यसलाई राजनीतिक रंग दिइएको छ ।

पञ्जाबको गुरदासपुरका बीजेपी सांसद समेत रहेका सनी देओलको घर लिलामी रोकिएपछि भारतीय कांग्रेसका नेताहरुले प्रश्न गरिरहेका छन् ।

सनी देओल अहिले फिल्म गदर–२ लाई लिएर अहिले चर्चामा छन् । फिल्मले बक्स अफिसमा शानदार कमाई गर्दै चार सय करोडको नजिक पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै