• २०८१ बैशाख ३० आइतबार

महात्मा गान्धीका पनाति पक्राउपछि रिहा

kharibot

मुम्बई । महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो ।

‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो । 

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘ यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन् । 

आजै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दाबाद’ लेखेका छन् । सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगष्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो ।

यसैबीच, महाराष्ट्र एनसीपीका अध्यक्ष जयन्त पाटिलले पत्रकारहरूसँगको कुराकानीमा “ आज महत्वपूर्ण दिन हो ... यदि कसैले लोकतन्त्रका विरुद्धमा केही गरे भने देशका जनता एकजुट भएर एउटै नारा लगाउनेछन् । महात्मा गान्धी र अन्य स्वतन्त्रता सेनानीहरूलाई गिरफ्तार गरेको ८१ वर्ष बितिसकेको छ ।  अहिले उहाँका नातिनातिनालाई हिरासतमा राखिएको छ ।   के हामी अझै औपनिवेशिक युगमा छौ,” प्रश्न गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै