• २०८१ बैशाख १५ शनिबार

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्बजनिक

kharibot

काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि पाँच श्रेष्ठ पुस्तकको सूची सार्वजनिक भएको छ । 

मदन पुरस्कार गुठीले आज पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सार्बजनिक सरोकारका लागि सूची सार्वजनिक गरेको हो ।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो । यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको मदन पुरस्कार गुठीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै