• २०८१ बैशाख २० बिहीबार

विश्व स्तनपान सप्ताह विशेष: आमाको दूध नै बालबच्चाका लागि पौष्टिक आहारको भण्डार

kharibot

काठमाडौं । विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो । प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइने गरिन्छ । यस वर्ष पनि सधैँ जस्तै अगष्ट १ देखि ७ सम्म सप्ताहव्यापी उत्सव मनाइँदै छ । नेपालमा पनि आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि स्तनपानको अपरिहार्य महत्व छ भनि बुझाउन राष्ट्रिय रुपमा नै जनचेतनामूलक कार्यक्रमहरु भईरहेका छन् । 

नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । बालबालिकामात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्माई सकेका महिलाहरुको पोषण स्थित पनि सन्तोषजनक भने छैन । 

कुपोषित आमाबाट जन्मेका शिशुहरु पनि प्रायः कुपोषितनै भएर जन्मन्छन् जसले गर्दा त्यस्ता शिशुहरुलाई जीवन भर नै असर पर्न सक्छ । तसर्थ स्वस्थ्य बच्चा जन्माउन आमा स्वस्थ्य रहन आवश्यक छ । जस्का लागि गर्भवती अवस्थामा नै आमाले आफ्नो खानपान र स्वास्थ्यको हेरचाहमा बिशेष ध्यान दिनु पर्दछ ।

नवजात शिशु र बालबालिकाको लागि सर्वोत्कृष्ट पौष्टिक आहार भनेको आमाको दूध नै हो । त्यसैले ६ महिनासम्म नवजात शिशुलाई अन्य केही पनि नखुवाईकन स्तनपान मात्र गराएमा यसले उनीहरुको रोगप्रतिधात्मक शक्तिको विकास हुने बाल रोग विषेशज्ञ डा.प्रज्वल पौडेलको भनाइ छ ।  

आमाको गर्भमा रहदा शिशुलाई चाहिने सम्पूर्ण आहांर आमाबाटनै पाउने पनि डा. पौडेलले बताए । 

जन्मेपछि पनि शिशुले सर्वप्रथम आमाको दूध खान्छ र ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाए पुग्छ, अरु कुनै चिजको आवश्यकता पर्दैन । शिशु जन्मे पछि स्वास्थ्य र निरोगी भई बढ्न र हुर्कनको लागि आमाको दूध नै सर्वोत्कृष्ट आहार भएको पनि उनले बताए । 

२४ जुलाई २०२१ सम्मको तथ्यांकअनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरुले आयोजना गर्ने गरेका छन् । 

यस वर्ष २०२१ को साझा विषय दिगो विकास लक्ष्य २०३० अभियानको विषयगत क्षेत्र २ सँग मिल्दोजुल्दो हुनेगरी अगाडि बढाइएको छ, जसले स्तनपान र अस्तित्व, स्वास्थ्य र महिलाहरुको स्थिति, बच्चाहरुको स्वास्थ्य र राष्ट्रको बीचको सम्बन्धलाई प्रगाढ बनाउदछ । 

त्यसैले सन् १९९२ देखि नेपाल सहित विश्वभर हरेक वर्ष अगष्ट महिनाको पहिलो साता अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउने गरिन्छ र सप्ताह उपलक्ष्यमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् ।

अहिले बालबालिकामा के समस्या छ भने धेरै जसोलाई डाइरिया हुन्छ त्यसलाई नियन्त्रण गर्न सकिएन भने त्यसले मृत्यु पनि हुन सक्छ । अर्को भनेको निमोनिया हो यदि बालबालिकालाई हामीले स्तनपान गराएका छौं भने डाइरिया हुन सक्छ तर कडा किसिमको डाइरिया हुँदैन् । त्यसले गर्दा उनीहरु सामान्य रुपमा उपचार गर्दा पनि ठीक हुन्छन् ।

तर कुनै बालबालिकाले स्तनपान गर्न पाएनन भने् उनीहरुमा निमोनिया डाइरिया जुन किसिमको हुन्छ त्यो कडा किसिमको हुन्छ । भर्ना नै गरेर राख्नुपर्ने स्थिति हुन्छ । त्यसैले जटिलता बढी हुन्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यसैले हामी अभिभवाकको हैसियतले बालबालिकालाई हामीले जति सक्दो बढी स्तनपान गराउन सक्छौं त्यति नै

बालबालिकामा हुने रोगको वर्ण आफै कम भए जान्छ । स्तनपान नगराउँदा दीर्घकालीन असरमा बालाबालिकामा पछि गएर डाईवेटिज देखिने र मुटु सम्बन्धि रोगहरु देखिने हुन्छ । तर स्तनपान मनग्ये गराउँदा बालबालिकामा यस्ता सम्भावनालाई न्युनीकरण गर्छ भनेर अनुसन्धानले देखाएको छ। त्यसैले हामीले स्तनपानमा जोड दिन आवश्यक छ । 

अहिलेको तथ्यांकले के देखाएको छ भने नेपालमा मात्र नभई अरु देशहरुमा पनि कामकाजी आमाहरुले ‘वर्किङ मदर’ हरुले उहाँहरुमा चाही स्तनपान गराउनेहरुको रेट कम पाईएको छ । उहाँहरुले बुझेकै हुनुहुन्छ त्यसैले बुझ्दा बुझदै पनि स्तनपान गराउन कि सकिरहनु भएको छै न त ? कामको लोड हुन सक्छ स्ट्रेसले हुन सक्छ,समय मिलाउन नसकेर हुन सक्छ । कतिपयलाइ थाहा छैन स्तनपानको व्यवस्था अहिले केही सहज पनि हुँदै गएको छ । ताकि कामकाजी महिला घरमा नहुँदा पनि घमा नै अरु कसैले स्तनपान गराउन सकिन्छ । 

स्तनपानलाई अझै प्राथमिकता दिनका लागि र बालबालिकाको स्वास्थ्य सुनिश्चितता गर्नको लागि कदम चाल्नु आवश्यक छ । यसपालीको जुन नाराका साथ स्तनपान सप्ताह मनाइदैछ । त्यसले पनि यहि कुरालाई प्राथमिकमा राखेको छ । 

स्तनपान यस्तो कुरा हो जसको कुनै पनि साईड इफेक्ट छैन् । न आमालाई छ न बच्चालाई । स्तनपानले आमाको सौन्दर्यमा असर पर्छ रे छ तर अनुसन्धानले के देखाउछ भने स्तनपान गराएको आमाहरुमा अझै अनुहारमा चमक ल्याउँछ । त्यसैले स्तनपानले आमाको सौन्दर्यतालाई विगार्ने हैन कि निखार्ने काम गरिरहेको हुन्छ। 

प्ररोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी बृहत स्तनपान व्यवस्थापन केन्द्रकी  व्यवस्थापक डा. स्मृति पौडेलको भनाइ यो बृहत स्तनपान व्यवस्थापन केन्द्रको रुपमा सुरु भएको हो । यो गत बर्ष भदौदेखि सुरु भएको हो । अहिले चाँही हाम्रो ८०० भन्दा बढि दाता आमाहरुले ५०० लिटर जति दुध दान गर्नु भएको छ । यसबाट ९०० जति बच्चाहरु नवजात शिशुहरु लाभान्वित भएका छन् । 

यसमा चाही धेरै समय अगाडि जन्मेको,तौल कम भएको,जन्मिने वेला राम्रोसँग शारिरीक विकास नभएको,आमा नभएको बच्चाहरुको लागि डाक्टरहरुले हेरेर उहाँहरु कै निणर्य पछि यहाँको दूध प्रयोग गरिन्छ । दाताआमाहरुको सबै परीक्षण हुन्छ त्यसपछि मात्र दूध निकालिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै