• २०८१ असार १७ सोमबार

युभेन्टसलाई यस सिजन युरोपियन प्रतियोगिता खेल्न प्रतिबन्ध

kharibot

काठमाडौँ । युरोपियन फुटबलको नियामक संस्था युइएफएले युभेन्टसलाई २०२३-२४ सिजनका लागि युरोपियन फुटबल खेल्न प्रतिबन्ध लगाएको छ ।

युइएफएले युभेन्टसले २०१२ देखि २०१९ सम्म फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोप लगाउदै युरोपियन फुटबल खेल्न प्रतिबन्ध लगाएको हो ।

साथै युइएफएले युभेन्टसलाई १७.४ मिलियन पाउण्ड जरिवाना समेत गरेको छ ।

गत सिजनमा युभेन्टस सातौ स्थानमा रहदै लिग समाप्त गरेको थियो र युरोपा काफेरेन्स लिगमा छानिएको थियो । अब युभेन्टसले युरोपा कन्फेरेन्स लिग खेल्न नपाउने भएको छ । गत सिजनमा युभेन्टसलाई खेलाडी ट्रान्सफरमा नियमितता गरेको आरोपमा १० अंक घटाइएको थियो ।

त्यस्तै युइएफएले प्रिमियर लिग क्लब चेल्सीलाई पनि फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा १० मिलियन युरो जरिवाना गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै