• २०८१ बैशाख २४ सोमबार

दक्षिणी सुडानमा खटिएका नेपाली सेनाका अमल्दारको मृत्यु

kharibot

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिणी सुडानमा तैनाथ नेपाली सेनाको मृत्यु भएको छ ।  

नेपाली सेनाका अनुसार दक्षिणी सुडानमा शेर गण बाह्रौं डफ्फामा कार्यरत अमल्दार राम बहादुर बाँठाको विहिबार मृत्यु भएको हो ।

जाजरकोटको खलङ्गा- ६ निवासी अमल्दार बाँठा उक्त शान्ति सेना गण तैनाथ दक्षिण सुडानको रुम्बेकस्थित गण हे.क्वा.मा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए ।

हाल निजको पार्थिव शरिर पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोष्टमार्टम पश्चात स्वदेश ल्याउन आवश्यक समन्वय भईरहेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै