• २०८१ बैशाख २० बिहीबार

महाराजगंजबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

kharibot

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै