• २०८१ बैशाख १७ सोमबार

सबै बैठक लाइभ हुन सक्दैनन्- डा. मिनेन्द्र रिजाल

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सबै बैठकहरु लाइभ हुन नसक्ने टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै रिजालले सदैव बैठक लाइभ हुननसक्ने बताएका हुन् ।

उनले पार्टीको बैठक कसरी संचालन गर्ने भन्ने सभापतिको कुरा भएको भएपनि सबै बैठक लाइभ हुननसक्ने टिप्पणी गरेका हुन् ।

बैठकमा बोल्दै रिजालले महामन्त्री गगन थापालाई संसदीय दलतर्फ मन नडुलाएर सभापतिसँग एक भएर पार्टी अगाडी बढाउन सुझाव दिएका छन् ।

साथै रिजालले अहिले विस्तारै सोचेर काम छिटो गर्न गरि अगाडी बढ्न आग्रह गरेका छन् । साथै उनले पार्टीको कार्यक्रम संघीयता अनुसार प्रस्ताव नआएको भन्दै आलोचना गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै