• २०८१ बैशाख १६ आइतबार

वर्ल्ड च्याम्पियनसिपमा जाने पौडी टोलीलाई बिदाई

kharibot

काठमाडौँ । जापानको फुकुओका सहरमा आयोजना हुने वर्ल्ड  एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय झण्डा सहित बिदाई गरेका छन् ।

ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा नेपालबाट गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह रहेका छन् ।

अध्यक्ष अशोक बज्राचार्यले श्रावण ७ देखि १३ गते (जुलाई २३ देखि २९ तारिख २०२३) सम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वर्ल्ड एक्वाटिक कंग्रेसमा सहभागिता जनाउने छन् ।

यस्तै उक्त च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने २४ मा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन् । २६ तारिख गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।

सदस्य सचिव घिसिङ्गले टिमलाई राष्ट्रिय झण्डा प्रदान गर्दै खेलाडीहरुलाई उच्च स्तरको प्रदर्शनका साथ ओलम्पियकमा छनौट हुन सफलताको शुभकामना प्रदान गरेका छन् । टोली बुधबार जापान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै