• २०८१ बैशाख १६ आइतबार

सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ

kharibot

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । 

पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार  किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै