• २०८१ बैशाख १६ आइतबार

नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल दिने

kharibot

काठमाडौँ । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८-७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको थियो । 

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रहरु मध्ये कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागिहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने  कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य छ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै